चितवन, १८ भाद्र २०८३ — सरकारले लगातार पाँच दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ र २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार पाँच दिन बिदा हुने भएको हो।
सरकारको निर्णयअनुसार भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा रहेको छ। त्यसपछि भदौ २० गते शनिबार र भदौ २१ गते आइतबार नियमित बिदा परेको छ।
त्यस्तै, भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा शोक बिदा दिने निर्णय गरिएको छ। भदौ २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदहरूको सम्मानमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। यससँगै भदौ १९ गते शुक्रबारदेखि २३ गते मंगलबारसम्म लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको हो।




