चितवन खबर पोष्ट

माडी माविमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन, चार अभिभावक प्रतिनिधि चयन

चितवन, १८ भाद्र २०८३ — माडी नगरपालिका–३, बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको छ। पुनर्गठित समितिमा अभिभावक प्रतिनिधिका रूपमा महिलातर्फ रिमा महतो र दुर्गा भुसाल तथा पुरुषतर्फ गोविन्द चौधरी र नेत्र ज्योति भुसाल चयन हुनुभएको छ ।

शिक्षा नियमावली, दशौँ संशोधनअनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएको विद्यालयले जनाएको हो । नवनिर्वाचित अभिभावक प्रतिनिधिहरूलाई विद्यालय परिवारले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा समितिका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने विद्यालयका नवनियुक्त प्रधानाध्यापक मुना महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया