चितवन खबर पोष्ट

जनकल्याण माविको व्यवस्थापन समिति अध्यक्षमा युवा पण्डित सुदर्शन सुवेदी चयन

चितवन, १८ भाद्र २०८३ — माडी नगरपालिका-६, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा आचार्य युवा पण्डित सुदर्शन सुवेदी चयन हुनुभएको छ । बुधबार बसेको व्यवस्थापन समिति सदस्यहरुको बैठकले पण्डित सुवेदीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

समितिको सदस्यमा अभिभावकबाट छनोट हुनुभई रुकमणि भुसाल, अञ्जना गौतम र निशा कार्की पण्डित रहनुभएको छ । त्यस्तै वडा समितिबाट दीपेन्द्रराज पौडेल सदस्य रहँदा विद्यालय व्यवस्थापन समितिबाट यशोदा क्षेत्री सापकोटा र यमलाल पोख्रेल मनोनित हुनुभएको छ ।

समितिमा शिक्षक प्रतिनिधिका रूपमा अमृत गायक रहनुभएको छ भने विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसी सदस्य–सचिव रहनुभएको छ ।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षलाई थप व्यवस्थित गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा भूमिका खेल्ने अध्यक्ष सुवेदीले बताउनुभयो । जनकल्याण माध्यमिक विद्यालय माडी नगरको नमुना एवं डिजिटल शैक्षिक संस्थाका रूपमा समेत परिचित छ ।

तपाईको प्रतिक्रिया