चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–७, किर्तनपुरस्थित जनचेतना महिला समूहले २६ हजार ६७५ रुपैयाँ सहयोग गरेको छ।
समूहले आफ्नो कोषमा रहेको रकम तथा सामुहिक रूपमा सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको हो। यसपटक दर खाने कार्यक्रम नगरी उक्त खर्चसमेत विपदमा परेका नागरिकको राहतका लागि प्रदान गरिएको समूहले जनाएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारको राहत तथा पुनःस्थापनामा थोरै भए पनि योगदान पुगोस् भन्ने भावनाले सहयोग गरिएको समूहको भनाइ छ।




