चितवन खबर पोष्ट

कक्षा ५ सम्मका विद्यार्थीले भोटेकोसी बाढीपीडितलाई ५ हजार ९० रुपैयाँ सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी–३, बघौंडामा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूले सामूहिक रूपमा आर्थिक सहयोग गरेका छन्।

विद्यार्थीहरूले आपसमा सहयोग संकलन गरी ५ हजार ९० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेका हुन्। विपद्मा परेका नागरिकलाई आफ्नो तर्फबाट पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले रकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक राजु पाठकले जानकारी दिनुभयो।

सानै उमेरका विद्यार्थीहरूले आफ्ना खर्चबाट रकम जुटाएर विपद् प्रभावितका लागि सहयोग गर्नुले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

तपाईको प्रतिक्रिया