चितवन खबर पोष्ट

गर्दीका स्थानीयद्वारा घरदैलो अभियानमार्फत भोटेकोसी बाढीपीडितलाई २३ हजार सहयोग

चितवन, १८ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडीको गर्दी क्षेत्रका स्थानीयले घरदैलो अभियान सञ्चालन गरी आर्थिक सहयोग गरेका छन्।

गर्दी आमा समूह र गर्दी टोल सुधार समितिको संयुक्त आयोजनामा भदौ १६ गते गर्दी गाउँ क्षेत्रमा घरदैलो गरी संकलन गरिएको २३ हजार ११५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरी सहयोग गरिएको हो।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरी स्थानीयबाट रकम संकलन गरिएको स्थानीयबासी हिरामती गुराैले बताउनुभयो ।

भोटेकोसीमा आएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि देशभरबाट राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेको छ। माडी क्षेत्रमा समेत महिला समूह, कृषि समूह, सहकारी, संघसंस्था एवं व्यक्तिगत रूपमा सहयोग पठाउने क्रम निरन्तर जारी रहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया