चितवन खबर पोष्ट

सुवामा आएको विनाशकारी बाढीमा परी चितवनको माडी क्षेत्रका दुई जना सम्पर्कविहीन

चितवन, १९ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीमा परी चितवनको माडी क्षेत्रका दुई जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ ।

बाढीमा परी माडी नगरपालिका-८, खरकट्टा निवासी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र माडी नगरपालिका-६, कल्याणपुर निवासी ७० वर्षीय कृष्णजग अर्याल सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको हो ।

यस्तै, चितवन जिल्लाभरबाट ११ जना सम्पर्कविहीन रहेको वानकारी सार्वजनिक भएको छ । यसबाहेक, माडी नगरपालिका-७ निवासी ई. बिमल काफ्लेले भने बाढीमा परी ज्यान गुमाउनुभएको थियो । उहाँको अन्त्येष्टि यसअघि नै भइसकेको छ ।

रसुवा लगायत विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीका कारण शुक्रबारसम्म देशभर १ हजार २५२ जनाको मृत्यु भएको छ भने ४ हजार २१६ जना अझै सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित विभिन्न स्थानबाट ११ हजार ९९३ जनाको जीवित उद्धार गरिएको छ भने हालसम्म ९५ वटा शवको सनाखत भएको जनाइएको छ । बाढीपछि बेपत्ताको खोजी, उद्धार तथा शव पहिचानको काम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया