चितवन, २० भाद्र २०८३ — जनकल्याण तमु समाजद्वारा आयोजित पाँचौँ कृष्ण जन्माष्टमी माडीस्तरीय ७ ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक जनकल्याण तमु समाज ‘ए’ ले जितेको छ।
भदौ १९ गते भएको फाइनल खेलमा जनकल्याण तमु समाज ‘ए’ ले सहारा युवा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै कृष्ण जन्माष्टमी कप आफ्नो नाममा गरेको हो।
यसअघि भदौ १८ गते भएको पहिलो सेमिफाइनल खेलमा सहारा युवा क्लबले दियो क्लब माडीलाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसैगरी दोस्रो सेमिफाइनलमा जनकल्याण तमु समाजले ज्ञानज्योति युवा क्लबलाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर जनकल्याण तमु समाजका विवश क्षेत्री घोषित हुनुभयो । सर्वाधिक गोलकर्ता सञ्चिन दराई घोषित हुँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जनकल्याण तमु समाजका प्रतिक महतोले पाउनुभयो। यस्तै, दियो क्लब माडीले अनुशासित टिमको पुरस्कार प्राप्त गर्दा आयुश दराई उदयमान खेलाडी घोषित हुनुभयो।



