चितवन, २० भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, गैह्रीटोलस्थित गैह्रीटोल महिला (आमा) समूहले ५ हजार १०० रुपैयाँ सहयोग गरेको छ।
देवेन्द्रपुर र जीवनपुरबीचको खण्डमा रहेको गैह्रीटोल महिला समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको हो।
विपद्को समयमा पीडित परिवारलाई आफ्नो तर्फबाट पनि सहयोग पुगोस् भन्ने मानवीय भावनाका साथ समूहले रकम सहयोग गरेको जनाएको छ। विपदमा परेका नागरिकलाई सहयोग गर्ने भावना सहित समूहले सामाजिक उत्तरदायित्व निर्वाह गरेको हो।




