चितवन, २० भाद्र २०८३ — माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा भोलि आइतबार निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर (SIRC), न्यूरोड, खनालचोक, नारायणगढ, चितवन एवं रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन हुन लागेको हो। शिविर भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा स्पाइनल इन्जुरीसँग सम्बन्धित समस्या, ढाड तथा मेरुदण्डका चोट, स्ट्रोक, ट्राउमेटिक ब्रेन इन्जुरीलगायत दीर्घकालीन रोगबाट प्रभावित व्यक्तिहरूलाई विशेषज्ञ स्वास्थ्य परामर्श तथा आवश्यक पुनर्स्थापना सेवासम्बन्धी जानकारी प्रदान एवं उपचार गरिने आयोजकले जनाएको छ।

आयोजकले स्पाइनल इन्जुरीसम्बन्धी समस्या भएका तथा स्वास्थ्य परीक्षण र परामर्श लिन इच्छुक सबैलाई शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।



