चितवन, २० भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि माडी नगरपालिका–२, सितलपुर/भैरवपुरस्थित भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले २६ हजार रुपैयाँ सहयोग गरेको छ ।
सहकारी संस्थाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सहकारीका अध्यक्ष खेमलाल पोख्रेलले जनाउनुभयो ।
बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको बेला पीडितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले सहयोग रकम उपलब्ध गराएको उहाँले बताउनुभयत्र । सहकारीको यो सहयोगले विपद्को समयमा स्थानीय संघसंस्था तथा समुदायको सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना झल्काएको छ ।




