चितवन, २० भाद्र २०८३ — माडीको बरुवा खेलमैदानमा जारी ३१औं स्टारकप फुटबल प्रतियोगिताको दोश्रो दिन शनिवार (आज)को खेलमा आयोजक स्टार स्पोर्ट युवा क्लब, बरूवा विजयी भएकोछ ।
स्टार स्पोर्ट युवा क्लबले देवदहको योङ्ग ब्वाइज फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा आयोजक टोलीले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै विपक्षीमाथि दबाब कायम राखेको थियो । खेलको म्यान अफ द म्याच स्टार स्पोर्टका खेलाडी समिप ढकाल (जर्सी नं. ५) घोषित हुनुभयो ।
प्रतियोगिता अन्तरगत आइतबार (भोलि) माडीको चैनपुर फुटबल क्लब, चैनपुर र सिमरा भेट्रान क्लब, बाराबीच खेल हुनेछ । तीज र जीतिया पर्वको अवसर पारी सो खेल सञ्चालनमा रहेको हो




