चितवन, २० भाद्र २०८३ — नुवाकोटमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकार्यमा नेपाल सी.एम.ए. संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान भइरहेको छ।
शिविरको दोस्रो दिन पनि स्वास्थ्यकर्मीहरूले बाढी प्रभावित नागरिकलाई सेवा दिएका छन्। शिविरमा माडीका वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाल लगायतका स्वास्थ्यकर्मीहरू खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका हुन्।
विपद्को समयमा प्रभावित समुदायको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको छ। स्वास्थ्यकर्मीहरूले प्रभावित नागरिकलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधीवितरण समेत गरेका छन्।




