चितवन खबर पोष्ट

माडीको निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा १३१ जनाको स्वास्थ्य परीक्षण

चितवन, २१ भाद्र २०८३ — माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा आयोजित निःशुल्क स्पाइनल इन्जुरी स्वास्थ्य शिविरमा १३१ जनाले स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकीय परामर्श लिएका छन्।

स्पाइनल इन्जुरी संघ नेपाल, स्पाइनल इन्जुरी रिहाबिलिटेसन सेन्टर (SIRC), न्यूरोड, खनालचोक, नारायणगढ, चितवन तथा रोटरी क्लब अफ चितवनको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।

शिविरको उद्घाटन माडी नगरपालिकाका नगरप्रमुख ताराकुमारी काजी महतोले गर्नुभएको थियो। शिविरमा डा. हेमन्त कुमार गुप्ता, डा. राहुल पाण्डे र डा. हरि गैरेलगायत विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभएको थियो ।

शिविरमा स्पाइनल इन्जुरी, ढाड तथा मेरुदण्डसम्बन्धी समस्या, स्ट्रोक, ट्राउमेटिक ब्रेन इन्जुरीलगायत दीर्घकालीन समस्याबाट प्रभावित बिरामीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार र पुनर्स्थापनासम्बन्धी परामर्श प्रदान गरिएको थियो।

शिविरमा परीक्षण गरिएका बिरामीमध्ये ढाड र घुँडा दुख्ने समस्या धेरै देखिएको चिकित्सकहरूले बताएका छन्। पछिल्लो समय दैनिक जीवनशैली, शारीरिक श्रम तथा अन्य कारणले यस्ता समस्या बढ्दै गएको सम्बद्ध चिकित्सकहरूको भनाइ छ।

— — —

तपाईको प्रतिक्रिया