खेल र खेलाडी पोष्ट

पेनाल्टी सुटआउटमा चैनपुर विजयी, सिमरालाई पराजित गर्दै स्टारकपको आगामी चरणमा प्रवेश

चितवन, २२ भाद्र २०८३ — माडीको बरुवा खेलमैदानमा जारी ३१औँ स्टारकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार (हिजो) भीषण वर्षाका कारण स्थगित भएको खेल आज सम्पन्न भएको छ।

माडीको चैनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेट्रान क्लबबीच भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएकोमा चैनपुर युवा क्लब विजयी भएको हो।

यसअघि आइतबार भारी वर्षाका कारण खेलमैदान प्रभावित भएपछि चैनपुर युवा क्लब र सिमरा भेट्रान क्लबबीचको खेल स्थगित गरिएको थियो। पेनाल्टी सुटआउटमा जित निकाल्दै चैनपुरले प्रतियोगिताको आगामी चरणमा स्थान सुरक्षित गरेको छ।

तपाईको प्रतिक्रिया