चितवन खबर पोष्ट

रसुवा बाढीपीडितको राहतका लागि मिलिजुली हित कोषद्वारा १० हजार सहयोग

चितवन, २२ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहतका लागि माडी–७, किर्तनपुरस्थित मिलिजुली हित कोषले १० हजार रुपैयाँ सहयोग गरेको छ।

हितकोषको भदौ २० गते बसेको बैठकले बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले १० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

विपद्का कारण प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सहयोग आवश्यक रहेको भन्दै १८ जना सदस्यहरू रहेको सो हितकोषले आफ्नो कोषबाट रकम सहयोग गर्ने निर्णय गरेको अध्यक्ष यमनाथ सुवेदीले जनाउनुभयो।

तपाईको प्रतिक्रिया