चितवन खबर पोष्ट

बालकल्याण आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा टंकनाथ पोख्रेल चयन

चितवन, २२ भाद्र २०८३ — माडी नगरपालिका-७, जगन्नाथपुरीस्थित बालकल्याण आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्षमा टंकनाथ पोख्रेल चयन हुनुभएको छ।

समितिका सदस्यहरूमा केशवराज बराल, संगिता सुवेदी, भीमा कुमारी रानाभाट, योगमाया महतो, कमला काफ्ले, वडा अध्यक्ष चन्द्रकुमारी बानियाँ र शिक्षक प्रतिनिधि रामबहादुर क्षेत्री रहनुभएको छ। समितिको सदस्य-सचिवमा प्रधानाध्यापक केशवराज अधिकारी रहनुभएको छ।

यसैगरी विद्यालयमा सात सदस्यीय विद्यालय सल्लाहकार समिति, सात सदस्यीय विद्यालय संरक्षक समिति तथा पाँच सदस्यीय अक्षयकोष समिति समेत गठन गरिएको विद्यालयले जनाएको छ।

नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक तथा व्यवस्थापकीय सुधार र विद्यार्थीको समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया