चितवन, २२ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी-७, किर्तनपुर माथिल्लो टोलस्थित माछापुच्छ्रे टोल विकास संस्था (मिलिजुली आमा समूह) ले २५ हजार ५०० रुपैयाँ सहयोग गरेको छ।
संस्थाले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गरेको हो। विपद्को समयमा पीडित परिवारलाई राहत पुगोस् भन्ने मानवीय भावनाका साथ संस्थाले सहयोग गरेको जनाएको छ।




