खेल र खेलाडी पोष्ट

सुर्यपुर फुटबल क्लब सेमीफाइनलमा, नारायणी मोटर्स ५–१ ले पराजित

चितवन, २३ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगितामा सुर्यपुर फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ।

मंगलबार सम्पन्न खेलमा सुर्यपुर फुटबल क्लबले नारायणी मोटर्स युनिक क्लब, भरतपुरलाई ५–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

सुर्यपुरको जितमा कप्तान बिक्की चाम्लिङ राईले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनको प्रभावशाली प्रदर्शनका लागि उनलाई खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

खेलभर सुर्यपुरले आक्रामक र दबाबपूर्ण प्रदर्शन गरेको थियो। नारायणी मोटर्स युनिक क्लबले एक गोल फर्काए पनि सुर्यपुरको आक्रमण रोक्न नसक्दा फराकिलो अन्तरको हार व्यहोर्नुपर्‍यो।

तपाईको प्रतिक्रिया