चितवन, २३ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माडी नगरपालिका–१, बनकट्टास्थित नेपाल बोटे समाजले २४ हजार ५० रुपैयाँ सहयोग गरेको छ ।
समाजले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी सहयोग गरिएको हो । विपद्का कारण प्रभावित नागरिकको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले उक्त रकम प्रदान गरेको समाजका प्रतिनिधि जगनारायण बोटेले जानकारी दिनुभयो ।
विपद्को समयमा पीडित नागरिकलाई राहत पुर्याउने उद्देश्यले विभिन्न संघसंस्था, व्यक्ति, समूह, समुदाय तथा स्थानीय स्तर र स्वदेश प्रवासबाट सहयोग जुट्ने क्रम उत्साहजनक ढंगमा जारी रहेको छ ।




