चितवन खबर पोष्ट

भोटेकोसी बाढीपीडितका लागि माडी मधेशी समाजद्वारा १८ हजार सहयोग

चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी मधेशी समाजले १८ हजार रुपैयाँ सहयोग गरेको छ।

मधेशी अगुवा बिगुवा साह कानु लगायतको पहलमा माडी क्षेत्रमा रहेका मधेशी समुदाय तथा मधेशी मूलका व्यवसायीहरूबीच सामूहिक रूपमा सहयोग संकलन गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा पठाइएको हो।

विपद्को समयमा प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले मधेशी (हिन्दु) समुदाय तथा व्यवसायीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको पहलकर्ता कानुले बताउनुभयो । सहयोग संकलनको पहिलो चरणबाट सो रकम संकलन भएको र दोश्रो चरणको सहयोग अभियान सुरू गर्न लागिएको उहाँले जनाउनुभयो ।

रसुवाको भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेका बेला माडी मधेशी समाजको यो पहलले सामाजिक सद्भाव, मानवीय एकता र समुदायबीचको सहकार्यको सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया