चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–६, लक्ष्मीनिवास कल्याणपुरस्थित श्री राधाकृष्ण सक्रिय आमा समूह र श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले १६ हजार ९०० रुपैयाँ सहयोग गरेका छन्।
दुवै संस्थाले संयुक्त रूपमा संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाइएको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको जनाइएको छ।
धार्मिक तथा सामाजिक संस्थाको पहलमा गरिएको यो सहयोगले विपद्को समयमा मानवीय सेवाप्रतिको जिम्मेवारी र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।




