खेल र खेलाडी पोष्ट

स्टार स्पोर्ट युवा क्लब सेमीफाइनलमा, हिली फिल्डर्स टाइब्रेकरमा पराजित

चितवन, २४ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगितामा आयोजक स्टार स्पोर्ट युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ।

बुधबार साँझ सम्पन्न खेलमा स्टार स्पोर्ट युवा क्लब र हिली फिल्डर्स गोर्खा फुटबल क्लबबीच निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा स्टार स्पोर्टले ४–२ गोलअन्तरले हिली फिल्डर्स गोर्खालाई पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलमा स्टार स्पोर्टका गोलकिपर केशव कोइरालाले उत्कृष्ट प्रदर्शन गरे। टाइब्रेकरमा समेत प्रभावशाली प्रदर्शन गरेका कोइराला म्यान अफ द म्याच घोषित भए। स्टार कपको सेमीफाइनलमा स्थान सुरक्षित गरेसँगै आयोजक टोली उपाधि यात्राको नजिक पुगेको छ।

तपाईको प्रतिक्रिया