चितवन खबर पोष्ट

माडीमा पूर्वशिक्षक विनोद अधिकारीले सुरु गरे ‘डिजिटल क्रिएसन’

चितवन, २५ भाद्र २०८३ — पूर्वशिक्षक विनोद अधिकारीले ‘डिजिटल क्रिएसन’ नामको नयाँ व्यवसायिक सेवा सुरुवात गर्नुभएको छ । माडी–३, बसन्तपुर बजारमा सुरुवात भएको सो व्यवसायिक सेवा केन्द्रको माडी–३ का वडाध्यक्ष पुरन महतोले बिहीबार बिहान रिबन काटी समुद्घाटन गर्नुभयो ।

डिजिटल क्रिएसनले डिजिटल तथा कलर प्रिन्टिङ, फोटोकपी, स्क्यान, ल्यामिनेसन तथा बाइन्डिङ, पासपोर्ट तथा डकुमेन्ट फोटो, अनलाइन फाराम भर्ने तथा टाइपिङ, सीभी र विभिन्न कागजात तयार गर्ने सेवा उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी ग्राफिक डिजाइन, लोगो, टी–सर्ट तथा जर्सी प्रिन्टिङ, व्यवसायिक कार्ड, लेटरहेड, बिलबुक, ब्रोसर, मेडल, ट्रफी, प्रमाणपत्र, मग, कप, बोतललगायतका उपहार सामग्रीमा प्रिन्टिङ, पीभीसी आईडी कार्ड बनाउने लगायतका सेवा पनि प्रतिष्ठानबाट प्रदान गरिने सञ्चालक अधिकारीले बताउनुभयो ।

— — —

तपाईको प्रतिक्रिया