चितवन खबर पोष्ट

माडीका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा, थापा आउने

चितवन, २४ भाद्र २०८३ — माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको सरुवा निर्णयअनुसार भुसाललाई तनहुँको शुक्लागण्डकी नगरपालिका सरुवा गरिएको हो ।

भुसालको स्थानमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यरत जनक थापालाई (माडी नगरपालिकामा) सरुवा गरिएको छ । थापा नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारी हुनुहुन्छ ।

प्रमुख प्रशासकीय अधिकृत भुसालको करीब २ बर्ष लामो कार्यकालमा माडी नगरपालिकामा मुख्यतः विधिको शासन, संस्थागत सुधार, कर्मचारी परिचालन एवं व्यवस्थापन तथा बेरुजु न्यूनिकरण लगायतका प्रशासनिक पक्षमा निकै सुधार भएको छ ।

यससँगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अब जनक थापाले सम्हाल्नुहुनेछ । (फोटो: हाल सिद्धार्थनगर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत जनक थापा)

तपाईको प्रतिक्रिया