चितवन खबर पोष्ट

चितवनको माडीमा आकस्मिक रक्तदान कार्यक्रम: ५० जनाद्वारा रक्तदान, १३ जना नयाँ रक्तदाता

चितवन, २६ भाद्र २०८३ — “मानवताका लागि रक्त अभियान” भन्ने मूल नाराका साथ चितवनको माडी-९ स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ११ महिला र १३ जना पहिलोपटक रक्तदाता सहित ५० जनाले रक्तदान गरेका छन् ।

वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन (World Blood Donors Organization Chitwan) र ग्रिनल्याण्ड युथ क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान ७:०० बजेदेखि सो रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो।

चितवन मेडिकल कलेज (CMC Blood Bank) को प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक तथा नगरवासीहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको रक्त अभियन्ता भागिरथ बस्यालले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया