चितवन, २६ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–७, दिवानगरस्थित त्रिवेणी आमा समूहले ४६ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरेको छ।
समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाएको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले रकम प्रदान गरेको समूहले जनाएको छ ।
विपद्को समयमा राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटिरहेका बेला त्रिवेणी आमा समूहले समेत मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावसहित सामुहिक सहयोग संकलन गरी यथासम्भव सहयोग गरेको समूहका सदस्यहरूले बताए ।




