खेल र खेलाडी पोष्ट

स्टार स्पोर्ट क्लबलाई पराजित गर्दै प्याराडाइज स्टार कपको फाइनलमा

चितवन, २६ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक स्टार स्पोर्ट क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्याराडाइज युवा क्लब फाइनलमा प्रवेश गरेको छ।

उक्त खेलमा प्याराडाइजका जर्सी नम्बर ६ का खेलाडी रोहन चौधरी उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

यसअघि बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एप्पल गुरु सूर्यपुर फुटबल क्लबले चैनपुर युवा क्लब माडीलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

अब उपाधिका लागि प्याराडाइज युवा क्लब र एप्पल गुरु सूर्यपुर फुटबल क्लबबीच हरितालिका तीज पर्वको दिन (भाद्र २९ गते) फाइनल भिडन्त हुनेछ । माडीसंगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया