चितवन खबर पोष्ट

९४ र ७८ वर्षीय दाजुभाइद्वारा बाढीपीडितका लागि १० हजार रुपैयाँ सहयोग

चितवन, २७ भाद्र २०८३ — माडी नगरपालिका-८ जीवनपुर गाउँ निवासी ९४ वर्षीय कलाधार न्यौपाने र उहाँका ७८ वर्षीय भाइ रामज्योति न्यौपानेले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट बाढीपीडितका लागि जनही ५–५ हजार रुपैयाँ गरी कुल १० हजार रुपैयाँ सरकारी कोषमा फिर्ता दिनुभएको छ।

रसुवा बाढी (विपद्)का कारण धेरै परिवार समस्यामा परेका बेला आफूहरूले पाउँदै आएको भत्ताको केही रकम बाढीपीडितको सहयोगका लागि सरकारी काेषमै फर्काउने निर्णय गरेको उहाँद्वयले बताउनुभयो ।

“हामी त जसरी नि बाँचौंला, तर विपत्तिमा परेकाहरूलाई अहिले झन धेरै खाँचो छ,” उहाँद्वयको भनाइ छ। स्थानीयस्तरमा उहाँहरूको यो कदमको प्रशंसा गर्दै यस्ता महान् व्यक्तिहरू नै समाजका वास्तविक गहना भएको र मानवता उमेरभन्दा धेरै माथि हुने प्रतिक्रिया व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया