चितवन खबर पोष्ट

भोटेकोशी बाढीपीडितका लागि माडीको प्रगतिशील महिला समूहद्वारा १७ हजार ६५० रुपैयाँ सहयोग

चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५, राधापुरस्थित प्रगतिशील महिला समूहले प्रधानमन्त्री राहत कोषमा १७ हजार ६५० रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी बाढीको बिपदबाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम संकलन गरी कोषमा जम्मा गरिएको समूहले जनाएको छ

तपाईको प्रतिक्रिया