चितवन, २८ भाद्र २०८३ — माडी नगरपालिका–५ स्थित कालिका टोल विकास संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार ५ रुपैयाँ सहयोग गरेको छ।
रसुवा बाढीक (प्रकोप)बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम सहयोग गरेको जनाएको छ।
संस्थाका तर्फबाट संकलित रकम बैंक दाखिलामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने भावनासहित सहयोग गरिएको संस्थाले जनाएको छ।




