चितवन, ३१ भाद्र २०८३ — चितवनको माडी नगरपालिका–६ मा चट्याङ पर्दा टौवामा आगलागी भएको छ। मंगलबार राति करिब १२ः५० बजे स्थानीय मनोज पावेकोको टौवामा चट्याङ परेर आगलागी भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ हवल्दार राजेन्द्रकुमार चौधरीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चट्याङ वा आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ।




