चितवन खबर पोष्ट

बाढीपीडितका लागि शिव मन्दिर महिला समूह र टोल विकास संस्थाको २५ हजार सहयोग

चितवन, ३१ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–३, बघौंडास्थित शिव मन्दिर महिला समूह र शिव मन्दिर टोल विकास संस्थाले संयुक्त रूपमा २५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन्।

दुवै संस्थाले संयुक्त रूपमा संकलन गरेको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैंक खातामा जम्मा गरी पठाइएको समूहका अध्यक्ष रूपा महतोले बताउनुभयो।

बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको टोल विकास संस्थाका प्रतिनिधि रजपतिया चाैधरीले जनाउनुभयो । विपद्को समयमा गरिएको यस सहयोगले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया