चितवन खबर पोष्ट

विपद्पीडितका लागि जन्मभूमि सहकारीको ३५ हजार सहयोग

चितवन, ०१ असोज २०८३ — विपद्को समयमा हातेमालो गर्दै सहयोग गर्ने उद्देश्यले माडी नगरपालिका-५, रमाइलोडाँडास्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा ३५ हजार रुपैयाँ सहयोग गरेको छ।

सहकारीका कर्मचारी, सञ्चालक समिति तथा शेयर सदस्यहरूको संयुक्त योगदानबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो। विपद्का बेला प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको सहकारीका अध्यक्ष गंगाराम रानाभाटले जनाउनुभयो।

‘विपद्को बेलामा हातमा हात, साथमा साथ’ भन्ने मूल भावनाका साथ गरिएको सहयोगले सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै सामूहिक सहयोग र मानवीय एकताको सन्देश दिएको छ।

तपाईको प्रतिक्रिया