बालेनको भारत भ्रमणमा पाँचवटा सम्झौता हुने, थप चारवटामा छलफल जारी

चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पाँचवटा समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने टुंगो लागेको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पूर्वाधार, शिक्षा, खेलकुद र स्वास्थ्यलगायतका क्षेत्रमा सम्झौता हुन लागेको हो । थप चारवटा समझदारी तथा सम्झौताका विषयमा भने छलफल जारी रहेको र अन्तिम टुंगो लाग्न बाँकी रहेको छ ।

प्रधानमन्त्री शाह आइतबार मंसिर ६ गते दिउँसो १ः४५ बजे दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमणका क्रममा आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरले उहाँसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । दुई नेताबीच एक्लाएक्लै वार्तापछि प्रतिनिधिमण्डलस्तरीय बैठक बस्ने र त्यसपछि विभिन्न समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ

तपाईको प्रतिक्रिया