प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि आज भारत जाँदै

चितवन, ६ मंसिर, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् ।

बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । भ्रमणका क्रममा बालेनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत आइतबार दिउँसो ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै होटेल ताजमहल पुग्नेछन् । होटेलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ

तपाईको प्रतिक्रिया