माडी (स्थानीय) खबर पोष्ट

माडीमा स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदै

माडी नगरपालिका महिला समितिले हिंसा पीडित, अति बिपन्न र एकल महिलाहरुको नि:शुल्क स्वास्थ्य वीमा गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाउने भएको छ ।

अभियानका सन्दर्भमा नि:शुल्क स्वास्थ्य वीमा गर्नुका साथै मंसिर १० गते नगरपालिका अगाडि दीप प्रज्वलन गर्ने, १६ गते हस्ताक्षर संकलन अभियान चलाउने र २५ गते अभियानको समीक्षा कार्यक्रम गर्ने निर्णय भएको नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले जनाउनुभयो । यसबाहेक रेडियोमार्फत लैंगिक हिंसा बिरुद्धको चेतनामुलक सन्देश प्रशारणको कार्यक्रम समेत रहेको उपप्रमुख महतोको भनाई छ ।

यसबर्ष ‘लैंगिक हिसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नारासहित लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदैछ । भोलि मंसिर १० गते सुरु हुने सो अभियान महिला हिंसा बिरुद्धका कार्यक्रमहरु सहित आउँदो मंसिर २५ गतेसम्म जारी रहने नगर महिला समितिक संयोजक कोपिला सिवाकोटीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार