भिडियो-पडकास्ट पोष्ट

माडी न.पा.को सार्वजनिक सुनुवाई: राप्रपाका च्वाईंद्वारा निःशुल्क शिक्षाको बिषय उठान (भिडियो सहित)

माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नगर प्रतिनिधि डिल्लीराम च्वाईंले निःशुल्क शिक्षाको बिषय उठान गर्नुभएको छ ।

वडा नं. १ र ८ का विद्यार्थीहरुले उच्च माध्यमिक तह निःशुल्क पढ्न पाइरहेको (वडा कार्यालयको लागत सहयोगमा) उल्लेख गर्दै माडी-७, देवेन्द्रपुर निवासी च्वाईंले अन्य वडाका विद्यार्थीहरुलाई समेत निःशुल्क पढ्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रम नित्यकर्म जस्तो भएको भन्दै उहाँले यस्ता कार्यक्रमबाट ठोस कुरा ल्याउन पनि सबैमा अनुरोध गर्नुभयो । माडी नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधीको सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार माडी-८ वडा कार्यालय प्राङ्गणमा सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया