चितवन खबर पोष्ट

पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा अभियन्ता रामचन्द्र लम्साल रास्वपा प्रवेश गर्दै

१४ पाैष, माडी । पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ।

तात्कालीन नेकपा (एकीकृत समाजवादी) परित्याग गरेपछि लम्साल सामाजिक अभियान तथा जेन-जी आन्दोलनमा सरिक रहँदै आउनुभएको छ। स्वतन्त्र नागरिकको हैसियतमा भ्रष्टाचारविरोधी अभियान, सामाजिक रूपान्तरण तथा जनजीविकाका सवालमा सक्रिय रहँदै आउनुभए पनि यस अवधिमा उहाँ रास्वपा र बालेन विचारसँग भावनात्मक रूपमा नजिक रहँदै आउनुभएको बताइन्छ।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लम्सालले कुनै पदको आकांक्षा नराखी रास्वपामा प्रवेश गर्ने उल्लेख गर्नुभएको हो । “मलाई कुनै ठूलो पद चाहिँदैन। सबैभन्दा कनिष्ठ सदस्यका रूपमा युवाहरूको आशा बोकेर रास्वपामा जोडिँदैछु,” उहाँले लेख्नुभएको छ। माडी नगरपालिका वडा नं. ४ निवासी लम्सालले रास्वपाका वडा सभापतिको हातबाट औपचारिक रूपमा पार्टी सदस्यता लिने जनाउनुभएको हो।

तपाईको प्रतिक्रिया

ताजा समाचार