४ पाैष, माडी । माडी-५, नयाँ पिपरिया निवासी २३ वर्षीय बिनोद क्षेत्री गम्भीर स्वास्थ्य समस्याका कारण जीवन-मरणको अवस्थामा उपचाररत छन् । बुद्धि क्षेत्रीका छोरा बिनोद क्षेत्रीलाई मृगौलामा गम्भीर समस्या देखिनुका साथै सेतो रक्तकोष र प्लेटलेट्सको मात्रा अत्यन्तै कम भएको चिकित्सकले बताएका छन् ।
हाल उनको पुरानो मेडिकल कलेजको आईसीयू कक्षमा उपचार भइरहेको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकाले महँगो उपचार खर्च धान्न कठिनाइ भएको परिवारले जनाएको छ। क्षेत्रीको जीवन रक्षाका लागि आफन्तजन, साथीभाइ, दिदीबहिनी तथा सम्पूर्ण समाजसेवी मनहरूमा सक्दो आर्थिक सहयोग गरिदिन परिवारले सार्वजनिक अनुरोध गरेको छ ।

यसैबिच, क्षेत्रीको उपचारमा सघाउन रेडक्रस बघौंडा उपशाखाका सभापति एवं पूर्व वडाध्यक्ष रामबन्धु पोखरेलको संयोजकत्वमा उपचार सहयोग समिति गठन भएको छ । समितिमा स्थानीय सामाजिक अगुवाहरु चण्डीप्रसाद दुवे, मिलन पनेरु, बुद्धिमाया भुसाल, हरि पंगेनी, सन्तोष चापागाईं, ऋषिराम चापागाईं, पिताम्बर पोख्रेल, नबिन बस्याल, पदम पन्त, सन्तोष पनेरु, हरि न्यौपाने, विपिन पाठक, भागिरथ बस्याल, श्रीजा थापा, यम कुमार ल्वागुन, सुर्य पाठक लगायत सदस्य रहनुभएको छ ।


यसैबिच, क्षेत्रीलाई सामाजिक सञ्जालमार्फत सहयोग प्राप्त हुन सुरु भएको छ । क्षेत्रीको उपचार सहयोगार्थ हेल्प माडी ५ (विनोद क्षेत्री) नामको फेसबुक र ह्वाट्सएप च्याट ग्रुपबाट १ लाख १९ हजार २५५ रुपैंया सहयोग जुटेको हो । सो उपचार सहयोग रकम विरामीको बैंक खातामा सिधै जम्मा भएको एक अभियन्ता निरोज थापाले जानकारी दिनुभयो ।

