१४ पाैष, माडी । के.वाई.सी. कल्याणपुर माडी–६, रामराज्यपुरमा सञ्चालन भइरहेको तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
सोमबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक ध्रुवतारा युथ क्लब रामराज्यपुरलाई २–० गोल अन्तरले पराजित गर्दै के.वाई.सी. कल्याणपुरले फाइनल यात्रा तय गरेको हो। खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका नबिन महतो ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो।

यसअघि सम्पन्न पहिलो सेमीफाइनल खेल शुभ बिहानी भरतपुर र तमु समाजबीच प्राविधिक कारणवश स्थगित भएको थियो। आयोजकका अनुसार उक्त खेल अब बुधवार (पौष १६ गते) बिहान सञ्चालन हुनेछ। सो खेलको विजेताले उपाधीका लागि सोही दिन के.वाई.सी. कल्याणपुरसँग प्रतिस्पर्धा गर्नेछ।

खुल्ला फुटबल प्रतियोगितामा विजेता टिमले ३५ हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजक ध्रुवतारा युवा क्लबका अध्यक्ष शंकर घलेले जानकारी दिनुभयो।

