चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ ।
हाल बर्षा रोकिएर बाढीको मात्रा स्थित रहँदै पानीको बहाव कम हुँदै गएकाले तत्कालै ढूलो क्षती हुने अवस्था नरहेको स्थानीयबासी रामु पोख्रेलले बताउनुभयो । तर फेरि बर्षा भई ठूलो बाढी आए क्षती पुग्नसक्ने भएकाले बाँध फुटेको स्थानमा तत्कालै मर्मत गर्न अत्यावश्यक भएको उहाँको भनाई छ ।
करीब एक दशकअघि निर्माण भएको तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर भइसकेको थियो । यस्तोमा तटबन्धनको मर्मतका लागि माडी नगरपालिकालाई बारम्बार पूर्वसूचना गरिएको तर मर्मत नभएको स्थानीयबासी जीवन महतोले बताउनुभयो ।




