चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्न खोज्नेहरूविरुद्ध आन्दोलनको तयारी गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध ‘जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको’ अभिव्यक्ति दिनुभयो ।
उहाँले राष्ट्रिय जागरण अभियानलाई आन्दोलनको तयारीका रूपमा अघि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।










