बसन्तपुरमा
जारी माडी गोल्डकप फुटबल प्रतियाोगिता अन्तरगत आइतबार सम्पन्न एकमात्र
खेलमा ठोरी स्पोर्टस् क्लब, पर्सा बिजयी भएको छ । ठोरीले टाइब्रेकरमा
भरतपुर फुटबल क्लबलाई पराजित गरेको हो ।
निर्धारित समयसम्म २-२
गोलको बराबरी भएसंगै टाइब्रेकरमा धकेलिएको खेलमा ५-४ गोलअन्तरबाट ठोरीले
जीत दर्ता गरेको हो । खेलको म्यान अफ द म्याच ठोरी स्पोर्टस् क्लबका कृष्ण
शाक्य घोषित हुनुभयो । जीतसंगै ठोरी सेमिफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत भोलि सोमबार हेटाैडा फुटबल एकेडमी, मकवानपुर र रामपुर
फुटबल क्लब, चितवनबिच क्वार्टर फाइनल चरणको दोश्रो खेल हुनेछ । बसन्तपुर
युनाइटेड क्लबद्वारा आयोजित सो प्रतियोगिताको बिजेताले रु २ लाख तथा
उपबिजेताले १ लाख सहित ट्रफी प्राप्त गर्नेछन् ।




