आगामि आर्थिक बर्षमा कम्तीमा ३० कि.मि. सडक कालोपत्रे गर्ने माडी न.पा. काे याेजना
माडी नगरपालिकाले आउँदो आर्थिक बर्षमा कम्तीमा ३० किलोमिटर सडक कालोपत्रे गर्ने महात्वकांक्षी योजना सार्वजनिक गरेको छ । नगरपालिकाले सडक बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने नीति
आकाशे पुलकाे लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलासा
चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको सम्भाव्यता अध्ययनका लागि रातो किताबमा प्रकाशित बजेट रकम निकाशा नै नभएको खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रकाशित गरेको चालू आर्थिक बर्ष २०७६/७७ को रातो किताबमा
आगामी आ.व. का लागि माडीमा ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट स्वीकृत
माडी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ८८ करोड ७० लाख ३८ हजार रुपैंयाको बजेट स्वीकृत गरेको छ । नगरपालिकाले नगर पूर्वाधार विकासका लागि २५ करोड २९ लाख ५ हजार रुपैंया
माडी नगरपालिकाको पाँचौ नगरसभा समापन
माडी नगरपालिकाको पाँचौ नगरसभा समापन भएको छ । ‘सम्पदा सम्पन्न माडी नगर; इको, कृषि पर्यटनको शहर’ भन्ने नारासहित गत असार १० गते सुरु भएको नगरसभा आज आइतबार सम्पन्न भएको हो । नगरप्रमुखको अध्यक्षतामा बसन्तपुरस्थित
रातो कितावमा आकाशे पुलकाे योजना बारे माडीबासीकाे सकारात्मक प्रतिक्रिया
चितवन । संघीय सरकारको रातो कितावमा निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना समावेश भएसंगै माडीबासीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । तर सो परियोजनामा केवल ५० लाखमात्र बजेट छुट्याइएको भन्दै कार्यान्वयमा शंका व्यक्त हुन थालेको छ।
टावर ढलेको दुई बर्ष बितिसक्दा पनि एन.सेल.ले सेवा सुचारु गरेन
मध्यपूर्वी माडीको खरकट्टामा टावर ढलेको दुई बर्ष बितिसक्दा पनि निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एन.सेल.ले सेवा सुचारु गर्न सकेको छैन । करीब दुई बर्षअघि, २०७५ ज्येष्ठ ३१ गते साँझपख आएको हावाहुरीले एक स्थानीय
चि. रा.नि. भित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित
चितवन राष्ट्रिय निकुञ्जभित्र आकाशे पुल निर्माणको योजना संघीय सरकारको रातो कितावमा प्रकाशित भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७७/७८को रातो किताबको पृष्ठ संख्या ७१ मा सो योजना सुचिकृत
गाैरव थापा मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको परिवारकाे आरोप
गत जेष्ठ मसान्तको साँझ माडीको गोपालनगरस्थित पोखरीमा भएको रहस्यमय मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको परिवारले आरोप लगाएको छ । माडी-७, गोपालनगर निवासी २२ बर्षीय युवक गौरव थापाको रहस्यम मृत्यु भएको सो घटनामा जिल्ला
वार्ता र ‘मौखिक’ सहमतीको नाउँमा निकुञ्जले पुनः एकपटक माडीका सुकुम्बासी र चेपाङ समुदायलाई झुक्याएको आरोप
चितवन राष्ट्रिय निकुञ्जले वार्ता र ‘मौखिक’ सहमतीको नाउँमा पुनः एकपटक माडीका सुकुम्बासी र चेपाङ समुदायलाई झुक्याएको आरोप छ । गत असार ५ गते बाँदरझुला सुकुम्बासी संघर्ष समिति र निकुञ्ज प्रशासनबिच माडी नगरपालिकाको रहोबर सुकुम्बासीहरुले