माडीका बन्यजन्तु पीडितहरुलाई निकुञ्ज कार्यालयद्वारा राहत प्रदान
जंगली जनावरहरुले घरगोठ भत्काएर क्षती पु-याएका पूर्वी माडीका बन्यजन्तु पीडितहरुलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले राहत प्रदान गरेको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको सेवाक्षेत्र भित्र जंगली जनावरको आक्रमणबाट घर र गोठमा क्षती पुगेका पीडितहरुलाई
घर भत्कीएर बेघर दाहाललाई नेकपा निकट युवाहरुद्वारा नयाँ घर हस्तान्तरित
घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुर निवासी शेषकुमारी दाहाललाई र नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट युवाहरुको संगठनले नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको छ । चितवनको माडी नगरपालिका वडा नं ४ मा बस्दै आएकी
माडी न.पा.द्वारा स्कुलहरुलाई कार्यालय सञ्चालन हेतू १६ लाख निकाशा
माडी नगरपालिकाले माडीका सामुदायिक विद्यालयहरुलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि अनुदानस्वरुप करीब १६ लाख निकाशा गरेको सार्वजनिक गरेको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रायजसो उच्च माध्यमिक तहका विद्यालयहरुलाई रु ३० हजार, माध्यमिक
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न
करार, राहत र इसिडी शिक्षकहरुले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न भएको छ । सङ्गठन माडी नगर अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा
सामरी उत्थान सेवाद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन
सामरी उत्थान सेवाले माडीको खरकट्टामा सञ्चालन गरिरहेको ६ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ । संस्थाको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजना अन्तरगत मध्यपूर्वी माडीको खरकट्टामा १० जना बिपन्न महिलाहरुलाई ६ महिने
खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित
माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ । विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो ।
कक्षा ८ को परीक्षा सफल बनाउन सहयोग गर्नेप्रति माडी नगरपालिका आभारी
कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सफल बनाउन सहयोग गर्ने सबैप्रति माडी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । एक वक्तव्य प्रकाशित गरी माडी नगरपालिकाले कक्षा ८ को परीक्षाबाट माडीको कक्षा ८ को आधार
एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध
माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका
गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने
पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति