चितवन क्षेत्र नं. ३ मा एमालेबाट भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलिया एकल सिफारिस
२३ पाैष, माडी । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ मा नेकपा (एमाले) ले भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियालाई एकल र सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ। क्षेत्रीय समन्वय कमिटीको बुधबार
स्वास्थ्य चौकी भवन बनाउन जग्गा प्रदान गरेको दोभान रेशम कृषक समूह सम्मानित (भिडियो सहित)
२२ पाैष, माडी । कल्याणपुर स्वास्थ्य चौकी भवन निर्माणका लागि ४ कठ्ठा १९ धुर जग्गा प्रदान गरेको दोभान रेशम विकास कृषक समूह, माडी-६, स्याउलीबासलाई कदरपत्र सहित सम्मान गरिएको छ । करीब ९२ लाख रुपैंया
माडीको स्याउलीबासमा नवनिर्मित स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन (भिडियो सहित)
२२ पाैष, माडी । माडी–६, स्याउलीबासमा हालै निर्माण सम्पन्न भएको कल्याणपुर स्वास्थ्य चौकी भवनको औपचारिक समुद्घाटन भएको छ । स्वास्थ्य चौकी परिसरमा मंगलबार एक औपचारिक कार्यक्रमबिच बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भवनमा रिबन काटेर
माडी गर्दी भरतपुर कल्याण समाजको अध्यक्षमा युवराज पौडेल, सचिवमा शालिग्राम पौडेल
१९ पाैष, माडी । माडी गर्दी भरतपुर कल्याण समाजको छैठौँ साधारण सभा तथा अधिवेशनबाट युवराज पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शालिग्राम सापकोटा र चिन्तामणि आचार्य चयन हुनुभएको छ
माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने
१९ पाैष, माडी । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको ‘माडी गोल्डकप’को २७औं संस्करण यस वर्ष अण्डर-१८ (यू-१८) राष्ट्रिय फुटबल प्रतियोगिताका रूपमा सञ्चालन हुने भएको छ । माडी गोल्डकप-२०८२ अन्तर्गत देशभरका
नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन
१८ पाैष, माडी । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन अन्तरगत माडी शाखाको अध्यक्षमा कृष्ण गोतामे पुनर्चयन हुनुभएको छ । शुक्रबार सम्पन्न शाखाको चौथो साधारण सभा तथा चौथो अधिवेशनले तेश्रो कार्यकालका लागि गोतामेलाई अध्यक्षको जिम्मेवारी
माडीको सिधुवा चोकमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापना हुने
१८ पाैष, माडी । माडी नगरपालिकाले लागत साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज संकलन केन्द्र स्थापनाका लागि माडी-४, सिधुवा चोकस्थित सार्वजनिक चौर क्षेत्रलाई चयन गरेको छ । माडी नगरपालिकाको ६२औं कार्यपालिका बैठकले करीब १.५
माडीका टोल विकास संस्था, महिला र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने
१८ पाैष, माडी । माडीभर स्थापित टोल विकास संस्था, महिला तथा आमा समूह र कृषि समूहहरुको लेखापरीक्षण माडी नगरपालिकाले गरिदिने भएको छ । माडी नगरपालिकाको ६२औँ नगर कार्यपालिका बैठकले नगर क्षेत्रमा स्थापना भई दर्ता
माडीमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य लक्षित वर्गका लागि घरदैलो स्वास्थ्य सेवा सुरु हुने
१८ पाैष, माडी । माडी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरूले अब समुदायमा रहेका ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिला एवं बालबालिकालाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिने भएका छन्। शुक्रबार बिहान सम्पन्न नगर कार्यपालिकाको ६२औँ