माडीको शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र

319
SwadeshPost

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र पारिएको छ ।

माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माणकार्य जारी रहेको हो । केहि दिनअघि प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले शिवलिंग स्थापना कार्यको शिलान्यास गर्नुभएको थियो । आउँदो शिवरात्रीसम्ममा सम्पूर्ण कामहरु पुरा गरी उद्घाटन गरिने संरक्षक सुवेदीले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।

माडीको धार्मिक पर्यटन वृद्धि गर्नका लागि दक्षिण सोमेश्वर कालिका धार्मिक समितिले २०७४ चैत्र १५ गते स्थापना गरेको शनि मन्दिरमा हरेक शनिबार चितवन र वरपरका जिल्लाहरुबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् । २०३५ सालमा स्थानीय वासीन्दाहरुले झण्डै २५ भन्दा धेरै शक्तीपिठ सिद्धपिठहरुबाट शिला ल्याएर स्थापना गरी चैत्र रामनवमी र विजयादशमीमा पुजा सञ्चालन गरि सुरुवात गरिएको स्थानमा अहिले दक्षिण सोमश्वर कालिका, शिव, गणेश, हनुमान भैरव, शनि भगवानका मूर्ती साथै जोरसाल, हरिण, मृग, माडीको सबैभन्दा ठुलो घण्टी, अग्लो त्रिशुल र माडीको दृश्यावलोकन गर्न सकिने भ्युप्वाइन्ट रहेकोले सो स्थानलाई विशिष्ट पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने विश्वास गरिएको छ ।

SwadeshPost