Post By: स्वदेश न्यूज डेस्क

माडी अम्रौलीका रामा महतोद्धारा पहिलाे बृद्धभत्ताकाे रकमबाट अक्षयकोष स्थापना

माडी नगरपालिका-४, अम्रौली निवासी श्री रामा महतोले आफ्नो पहिलो बृद्धभत्तालाई सामाजिक सेवामा लगाउने उद्देश्यले अक्षयकोष स्थापना गर्नुभएको छ । महतोले पहिलो बृद्धभत्तास्वरुप पाउनुभएको ११ हजार १११ रुपैंया खैरहनी माध्यमिक विद्यालय, खैरहनीमा अक्षयकोषका रुपमा जम्मा

माडीको बरुवा बजारमा खानेपानी ट्याङ्की निर्माण कार्य पुरा

तराई मधेश खानेपानी आयोजना अन्तरगत माडीको बरुवा बजारमा खानेपानी ट्याङ्की निर्माण पुरा भएको छ । नेपाल सरकारको केन्द्रीय बजेट अन्तरगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भरतपुरद्धारा सो ओभरहेड ट्याङ्कीको निर्माण गरिएको हो । करीब

माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु

माडीको सोमेश्वर चुरे श्रृङ्खलामा बाघ गणना कार्य सुरु भएको छ । प्रायः बार्षिक रुपमा हुने गरेको बाघ गणनाको नयाँ संस्करणका रुपमा शनिबार एक औपचारिक कार्यक्रमबिच बाघ गणना अभियान सुरुवात भएको हो । माडीकाे अयोध्यापुरीस्थित

‘नागरिकको अपेक्षा : सुशासन, पारदर्शिता र जवाफदेहिता’ कार्यक्रम माडीमा

मानव अधिकार तथा शान्ति समाज, चितवनको आयोजनामा शनिबार माडीको बसन्तपुर बजारमा ‘नागरिकको अपेक्षा : सुशासन, पारदर्शिता र जवाफदेहिता’ बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको सभाहलमा सम्पन्न सो कार्यक्रममा नेपाल

माडी न.पा द्धारा न्यायिक समिती र मेलमिलाप कर्ताहरुका लागि आधारभुत तालिम सञ्चालन

स्थानीय तहको सरकार सञ्चालन अन्तरगत न्यायिक क्षेत्रको काम प्रभावकारी बनाउन शनिबार माडी नगरपालिकाले न्यायिक समिती र मेलमिलाप कर्ताहरुकालागि आधारभुत तालिम सञ्चालन गरेको छ । मंसिर १ गते शनिबार सुरुवात भई आठ दिनसम्म सञ्चालन हुने

माडी बहुउद्देश्यीय सहकारी संस्था लि. काे १७ औं बार्षिक साधारण सभा सम्पन्न

माडी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु प्रसाद आचार्य सभाध्यक्ष रहनुभएको थियो

निवृत्त शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई शुक्रबार विदाई

माडी माध्यमिक विद्यालयमा लामो समय शिक्षण सेवा गरी निवृत्त हुनुभएका शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई आज शुक्रबार विदाई गरिएकाे छ । बिद्यालयले बिदाई कार्यक्रम आयोजना गरी अाज शिक्षकद्वयलाई औपचारिक बिदाई गरेको हो

माडी नगरपालिकाद्धारा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पूर्वी तथा मध्यपूर्वी माडीका बिरामीहरुलाई लक्षित गरी शुक्रबार माडी नगरपालिकाले स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा सम्पन्न शुक्रबारको शिविरमा करीब १९५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा

धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण

रीउ नदीको बाढी तथा जंगली जनावरहरुको आक्रमणबाट आहत बनेको धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण गरिएको छ । तराई भू-परिधी कार्यक्रम (ताल) परियोजनाको मुख्य लगानीमा माडीको नयाँ रतनी गाउँमा तीन तले