होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण जारी
भारत लगायतका देशहरुबाट घर फर्कीएर माडीमा होम क्वारेन्टाइनमा रहेकाहरुको अनुगमन सहित स्वास्थ्य परीक्षण गरिएको छ । रोजगार र अन्य कामको सिलसिलामा प्रवासमा रहँदा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भएकाले माडीमा करीब ४ दर्जन युवाहरु
लकडाउनको समयमा चौरमा फुटबल खेलिरहेका माडीका युवाहरु कारवाहीमा
लकडाउनको समयमा चौरमा जम्मा भई फुटबल खेल्दै गरेका माडीका युवाहरुलाई ईलाका प्रहरी कार्यालय माडीले ‘कारवाही’ गरेको छ । माडी नगरपालिका वडा नं. ६, बसन्तपुरका युवाहरु बाँदरमुढे खोला छेउमा जम्मा भई फुटबल खेलिरहेको देखेपछि प्रहरीले
खाद्यजन्य पसल दिउँसो १२ देखि ४ बजेसम्म र स्वास्थ्य सेवा २४सै घण्टा खुला रहने
माडी नगरक्षेत्रमा अत्यावश्यकीय खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षी आहारको पसल हरेक दिन मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म खुला रहने भएका छन् । त्यसैगरी मेडिकल, अस्पताल, दुग्धजन्य तथा पानी पसल र भेटेरिनरी औषधी पसल
मुम्बईमा रहेका १२ जना घर फर्की माडी आइपुगे, होम क्वारेन्टाइनमा बस्ने
रोजगारीका लागि भारत मुम्बईस्थित तारापुरमा प्रवासमा रहेका १२ जना घर फिर्तीस्वरुप माडी आइपुगेका छन् । माडी नगरपालिका वडा नं. ६, स्याउलीबासमा स्थायी बसोबास रहेको उनीहरु पैदल यात्रा गरी बगहीँ आइपुगेका छन् । पुरै देशभर
भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु
भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षीय सन्तोष यादवको मृत्यु भएको हो । उनको ज्यान जानुको कारण भने कोरोना नभएर ‘अटो इम्युन
माडीमा नगरप्रमुखको संयोजकत्वमा कोरोना रोकथाम समन्वय समिति गठन
कोभिड १९ को संक्रमण नियन्त्रणका लागि माडी नगरपालिकामा नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम समन्वय समिति गठन भएको छ । माडी नगरपालिकामा मंगलबार बिहान बसेको आकस्मिक बैठकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम
क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जना अब होम क्वारेन्टाइनमा
चितवन । माडीको बसन्तपुरस्थित माडी क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जनालाई आज साँझ होम क्वारेन्टाइनमा पठाइन लागिएको छ । भारतको दिल्ली, मु्म्बई लगायतका शहरहरुबाट घर फर्किदै माडी आइपुगेका उनीहरुलाई गएसाँझबाट माडी क्याम्पसको भवनमा सुरक्षित
भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना क्वारेन्टाइनमा
भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना यात्रीहरूलाई माडी क्याम्पसको भवनमा सुरक्षित तवरबाट क्वारेन्टाइनमा राखिएको छ । माडीका विभिन्न गाउँहरुबाट रोजगारीका लागि भारतको मुम्बई, दिल्ली लगायतका शहरहरुमा रहेका माडीबासीहरु कोरोनाको त्रास बढ्दै जाँदा स्वदेश
कोरोना नियन्त्रणको प्रयासमा माडी उपत्यकालाई लकडाउन गर्नेसम्मको योजना
चितवन । कोरोना भाइरस नियन्त्रणको प्रयासमा माडी नगरपालिकाले परिस्थिति अनुसार माडी उपत्यकालाई लकडाउन गर्नेसम्मका योजना बनाएको छ । स्वदेश एफ.एम.मार्फत कोरोना भाइरस नियन्त्रणका आगामी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुहुँदै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले